नियम
समितिको काम, कर्तव्य र अधिकार
: यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थाहरूबाट समय समयमा कोषमा राख्न आवश्यक पर्ने रकम निर्धारण गर्ने,
(ख) रुग्ण उद्योगको पहिचान गर्ने,
(ग) उद्योग रुग्ण हुनुको कारण पहिचान गर्ने,
(घ) रुग्ण उद्योगको पुनरुत्थान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने,
(ङ) रुग्ण उद्योग पुनरुत्थान गर्दा गरिनु पर्ने कार्यहरू (वित्तीय तथा गैर वित्तीय सहयोग) को मापदण्ड निर्धारण गर्ने,
(च) रुग्ण उद्योग पुनरुत्थानको सिलसिलामा आवश्यकतानुसार बैङ्क तथा वित्तीय सस्थासंग समन्वय गर्ने,
(छ) रुग्ण उद्योगको पुनरुत्थान गर्न कार्यान्वयनमा ल्याउने, ल्याउन लगाउने,
(ज) पुनरुत्थानको दायरामा परेका रुग्ण उद्योगको सञ्चालन अवस्थाको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने,
(झ) पुनरुत्थान कार्यको प्रगति समीक्षा गरी प्रतिवेदन पेश गर्ने,
(ञ) पुनरुत्थान हुन नसक्ने रुग्ण उद्योगको खारेजी गर्ने सम्बन्धमा उद्योग, ऋणदाता बैङ्क जस्ता निकायसंग समन्वय गरी आवश्यक कारबाही गर्ने, गराउने,
(ट) रुग्ण उद्योग पुनरुत्थान सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने ।